०७ साउन २०७६, काठमाडौँ
नायिका प्रियंका चोपडा फेरि एकपटक ट्रोलको शिकार भएकी छिन् । उनले गतबर्षको तिहारमा आफू दम रोगको पिडित भएको बताएकी थिइन् । उनले धुम्रपान स्वास्थका लागि हानिकारक भएको पनि बताएकी थिइन् ।
तर उनले केहीदिन अघिमात्र सामाजिक सञ्जालमा चुरोट तानिरहेको तस्बिर पोष्ट गरिन् । जसका कारण अहिले सबैले उनको मजाक उडाइरहेका छन् । उक्त तस्बिर प्रियंकाको जन्मदिनको हो । तस्बिरमा प्रियंकासँगै उनकी आमा र श्रीमानलाई पनि देख्न सकिन्छ ।
तस्बिरमा प्रियंकाकी आमा र निकले बिडि तानेको देखिन्छ भने प्रियंका चुरोट तानिरहेकी छिन् । अहिले सबैले उनले आफूलाई दम छ भनेर पनि झुटो बोलेको बताइरहेका छन् । दम रोग छ भन्दै चुरोट तानेपछि उनलाई धेरैले नौटङ्की पनि भनेका छन् ।