०७ साउन २०७६, काठमाडौँ
साउन महिना विशेष भगवान शिवको आराधना गर्ने महिनाको रुपमा हिन्दुधर्मवालम्बीहरुले लिएका छन् । विशेष यो महिनाको सोमबार महिलाले व्रत बस्ने गरेका छन् । यो संस्कार परापूर्वकालदेखि नै चलिआएको हो ।
सामान्यतया हामी साउन महिनाभरि माछामासु नखाई व्रत बस्ने गर्छौ । सोमबार नुहाईधुवाई गरेर शिवको आराधना गर्ने गर्छौ । यसको पछाडी धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि रहेको छ ।
बर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानीलगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ । झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ ।
यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ । त्यसमाथि मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ । माछामासुमा जीवाणु फैलने, कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन ।