०७ साउन २०७६, काठमाडौँ
छवि र शिल्पाको केस सुल्झिनुको सट्टा दिनप्रतिदिन बढ्दै गएको छ । अझ केहीदिन अघिमात्र छविकी जेठी श्रीमती हेमाले छवि विरुद्ध बहुविवाहको मुद्दा हालेपछि त झन यो कुराले थप चर्चा पाएको छ । तर अहिले फेरि यो कथाले नयाँ मोड लिएको छ ।
अहिले सिनेवृतमा छविले नै उनकी जेठी श्रीमती हेमालाई यो केसमा भित्र्याएको चर्चा छ । कानुनी रुपमा छविले शिल्पासँग डिभोर्स गर्दा उनलाई आधा सम्पत्ति दिनुपर्ने हुन्छ । तर छविले बारम्बार शिल्पालाई आफूले घरमा बोलाइरहेको बताइरहेका छन् । छविका कुनैपनि श्रीमतीले उनको एक पैसा खाएका थिएनन् । तर अहिले शिल्पाले पनि छविसँग सम्पत्ति मागेको कुरा सार्वजनिक भएको छ ।
छविले आफ्नो सम्पत्ति बचाउन जेठी श्रीमती हेमालाई यो केसमा भित्र्याएको धेरैले बताइरहेका छन् । तर छवि र शिल्पा अहिले मौन छन् । छवि र शिल्पाको जति बदनाम हुनु भैसकेको छ । अब हेमाले केस फिर्ता नलिएको खण्डमा छवि र शिल्पालाई ५ बर्षको जेल सजाय हुन सक्ने समेत बताइएको छ । अहिले सबैको मनमा मात्र एउटा प्रश्न छ, के छविले आफ्नो सम्पत्ति बचाउनको लागि हेमालाई आफू विरुद्ध नै केस हाल्न लाएका हुन् त ?