छवि र शिल्पालाई निताको प्रश्न : ‘बिहे चाहिँ गुपचुप रुपमा गर्ने अनि डिभोर्समा चाहिँ यतिधेरै हल्लाखल्ला किन’ ?



०८ साउन २०७६, काठमाडौँ

नायिका निता ढुङ्गानाले केहीसमय अघि छवि र शिल्पाबीच माया नै नभएको बताएकी थिइन् । उनको कुरालाई धेरैले सही भनेका थिए । अहिले फेरि निताले छवि र शिल्पाको विषयमा केही बोलेकी छिन् ।

उनले छवि र शिल्पाले आफ्नो विगतको कुरा मिडियाको अगाडी ल्याएर आफ्नै बदनाम गरिरहेको बताएकी छिन् । उनले यो कुरा मिडियामा ल्याउन जरुरी नै नभएको पनि बताइन् । निताले यो पारिवारिक विषयको कुरा भएकाले दुवैले यसरी आफ्नो पर्सनल कुराहरु नखोलेको भए आज बेइजत पनि हुदैँनथ्यो भनेकी छिन् ।

निताले छवि र शिल्पालाई कडा प्रश्न पनि गरेकी छिन् । उनले ‘बिहे चाहिँ गुपचुप रुपमा गरेर ३ बर्षसम्म लुकाउने पनि डिभोर्समा चाहिँ यतिधेरै हल्ला किन ?’ भनेकी छिन् । निताको यो प्रश्न निकै राम्रो छ । हुन पनि छवि र शिल्पाले बिहे चाहिँ कसैले थाहा नपाउने गरी गर्ने अनि अहिले डिभोर्सको समयमा चाहिँ यतिधेरै हल्ला गर्नु जरुरी नै थिएन । अहिले धेरैले छवि र शिल्पाले यो क्षेत्रको नाम नै खराब गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्