०८ साउन २०७६, काठमाडौँ
रणवीर कपुर र आलिया भट्टको प्रेम चर्चा अझै सेलाएको छैन । रणवीर र आलिया लामो समयदेखि एकअर्काको प्रेममा छन् । आजभोली यी दुईले आफ्नो प्रेम खुल्ला रुपमै देखाइरहेका पनि छन् । आलिया र रणवीरको प्रेमसँग विवाहबारे पनि चर्चा चल्ने गर्छ ।
रणवीर र आलियाका परिवार उनीहरुको सम्बन्धबाट निकै खुसी छन् । दुवै परिवारको चाहना रणवी र आलियाको बिहे छिट्टै होस भन्ने रहेको छ । यसैबिच नयाँ खबर सार्वजनिक भएको छ । रणवीर र आलियाले २०२० मा बिहे गर्ने पक्का भएको कुरा सुन्नमा आएको छ ।
आलिया केहीदिन अघि एक डिजाइनरलाई भेट्न गएकी थिइन् र उनले त्यहाँ आफ्नो विवाहको लागि लेहेङ्गा डिजाइनको बारेमा कुरा गर्न गएको खबर प्राप्त भएको छ । त्यसैले पनि आलिया र रणवीरको अर्को बर्ष बिहे हुने सम्भावना प्रवल छ ।