०८ साउन २०७६, काठमाडौँ
चिसो पानीले नुहाउनु स्वास्थको लागि निकै फाइदाजनक हुन्छ । सामान्यतया गर्मीको मौसममा त हामी सबैजना चिसो पानीले नै नुहाउने गर्छौ । चिसो पानीले नुहाउँदा शरीर फुर्तिलो हुनुको साथै शरीरलाई शितलता पनि प्रदान गर्छ ।
यी बाहेक चिसो पानीले नुहाउनुको अन्य फाइदाहरु पनि रहेका छन् । ती हुन्–
चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।
चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।
चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।
यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।
चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।
यदि तपाइँ ब्यस्त भई थकित महसुस गर्नुभएको छ भने चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।
त्यसैले हामीले चिसो पानीले नुहाउने गर्नुपर्छ । जाडो महिनामा त चिसो पानीले नुहाउन सम्भव हुँदैन । तर गर्मीमा भने चिसो पानीले नुहाउने गरेमा हामी स्वस्थ रहन्छौँ ।