०८ साउन २०७६, काठमाडौँ
अन्ततः छवि र शिल्पालाई पक्राउ गर्नको लागि जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । गत आइतबार छविकी जेठी श्रीमती हेमा ओझाले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले प्रहरीले छवि र शिल्पालाई पक्राउ गर्नको लागि अनुमति दिएको हो ।
प्रहरीले छवि र शिल्पालाई अहिले खोेजिरहेको छ । अब छवि र शिल्पा जेल जाने भएका छन् । लामो समयसम्म विवाद गरिरहँदा छवि र शिल्पाले आज यो दिन देख्नु परेको छ । छवि र शिल्पा अहिले कहाँ छन् त्यो भने थाहा छैन । तर चाडैँ प्रहरीले दुवैलाई समात्ने बताइएको छ ।