दुई बिहे गर्ने श्रीमानलाई सरकारले भत्ता दिने



०८ साउन २०७६, काठमाडौं

नेपालमा दुई बिहे गर्ने श्रीमानलाई संविधानतः कारबाही गरिन्छ ।

तर, युएईले भने दुइटी विवाह गर्ने पुरुषलाई अतिरिक्त घरभाडा तथा खर्च दिने भएको छ । अविवाहित महिलाहरूको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरूलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

युएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले सङ्घीय राष्ट्रिय परिषद्को बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएईमा अविवाहित महिलाहरूको सङ्ख्या घट्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुइटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्