०८ साउन २०७६, काठमाडौँ
कृष्ण ओली र रुपा ओली अहिले मुम्बईमा छन् । उनीहरु कृष्णको दुवै हात हाल्नको लागि मुम्बई गएका हुन् । करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्ण सबैको साथ र सहयोगले आज आफ्नो गुमिसकेको हात र खुट्टा पाउँदैछन् ।
कृष्णको खु्ट्टा भने जोडिइसकेको छ । अब दुवै हात जोडेर मात्र कृष्ण र रुपा नेपाल फर्कनेछन् । कृष्णको हात हाल्नको लागि डाक्टरहरुले प्रक्रिया सुरु गरिसकेका छन् । तर त्यसको लागि कति समय लाग्छ त्यो भने थाहा छैन ।
जे होस अब कृष्णको दुवै हात चल्छ । यो कृष्ण र रुपाको लागि मात्र नभएर सबैको लागि खुसीको खबर हो । दुवै हात र खुट्टा गुमेपछि कृष्णको हर पाइलामा रुपाले साथ दिदैँ आएकी थिइन् । उनले एकपलको लागि पनि कृष्णलाई एक्लै छोडिनन् । आज रुपाको साथ र सम्पूर्ण नेपालीको मायाले गर्दा कृष्णले नयाँ जीन्दगी पाएका छन् भन्दा फरक नपर्ला । कृष्णलाई दुवै हातका साथ हेर्नका लागि दर्शक आतुर रहेका छन् ।