०८ साउन २०७६, काठमाडौँ
सोनाक्षी सिन्हालाई आजभोली विवाहको प्रश्न ज्यादा आउने गर्छ । हुन पनि ३० कटिसकेकी सोनाक्षी अविवाहित नै भएकाले उनलाई विवाहबारे प्रश्न आउनु सामान्य नै हो । सोनाक्षीले भने आफूलाई बिहे गर्न रहर भएको तर केटा नै नपाएको बताउँदै आएकी छिन् ।
सोनाक्षीले एक अन्तवार्तामा बलिउडमा विवाह गर्नको लागि सुशिल केटा नै आफूले नभेटेको पनि बताइन् । उनले सुशिल केटा खोजिरहेकी छन् । तर खै सोनाक्षीले भनेजस्तो सुशिल केटा कता पो लुकेर बसेका छन् ।
सोनाक्षीको अहिलेसम्म लब अफेयरको चर्चा कहिले पनि चलेको छैन । कुनै अभिनेतासँग उनको नाम जोडिएको पनि छैन । उनले आफ्नो छवि बलिउडमा सिम्पल नायिकाको रुपमा नै बनाएकी छन् । अब सोनाक्षीले भनेजस्तो केटा पाएमा उनले चाडै बिहे पनि गर्नेछिन् ।