‘नाई नभन्नु ल’ नायिका ऋचा सिंहका दम्पतिले खोले कोखमा रहेको बच्चा गुमाउदाको पिडा



०९ साउन २०७६, काठमाडौँ

चलचित्र नाई नभन्नु ल बाट नेपाली रजतपटमा भित्रिएकी नायिका ऋचा सिंह ठकुरी करिब ३ बर्षपछि चलचित्रमा फर्किएकी छिन् । उनले नाई नभन्नु ल, मनमनै मन पराए, मन पराए माया लाए, म तिम्रो भैसके लगायतका सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् ।

उनले पहिलो पटक निर्माण गरेको चलचित्र सुपर गोर्खे साउन १० बाट प्रदर्शनमा आउदैँ छ । अहिले ऋचा यसैको प्रमोशनमा व्यस्त छिन् । उनी आफ्ना श्रीमान्सँग अहिले अन्तवार्ता दिनमा व्यस्त छिन् । यस्तै ऋचाले आफ्नो दाम्पत्य जीवनबारे पनि केही बोलेकी छिन् ।

ऋचाले आफ्नो दाम्पत्य जीवन निकै सुखी भएको बताइन् । ऋचाले संसारको सबैभन्दा राम्रो केटा आफ्नो श्रीमान भएको पनि बताइन् । एकअर्कासँग सबै कुरा सेयर गर्ने र विश्वास गर्ने भएकाले कहिले झगडा पनि नपर्ने उनले बताइन् । अन्तवार्ता दिदाँ दिदैँ आफ्नो विगत सम्झेर ऋचा एक्काशी भावुक पनि भइन् ।

उनले आफ्नो ५ महिनाको बच्चा गुमाएकी रहिछन् । विवाहपछि आमा बन्ने रहर हरेक छोरी मान्छेको रहेको हुन्छ । तर ऋचाले आफ्नो पहिलो सन्तान नै खेर जादाँ निकै नरमाइलो लागेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्