०९ साउन २०७६, काठमाडौँ
हामी सबैले राति सुतिसकेपछि सपना देख्ने गर्छौ । बस फरक यत्ति हो कसैले नियमित सपना देख्ने गरेका हुन्छन् भने कसैले देख्ने गरेका हुँदैनन् । यो सपनाको संसार वास्तवमा अचम्मको हुन्छ । हामीले कहिले सोच्दा पनि नसोचेका कुरा सपनामा देखिरहेका हुन्छौँ ।
हामी सपनामा देखेका कुरा आफ्नो परिवार, साथीभाईसँग सेयर गर्ने गर्छौ । तर केही सपनाहरु कसैलाई पनि सुनाउनु हुदैँन भन्ने मान्यता रहेको हुन्छ । किनकी कतिपय अवस्थामा हामीले देखेको सपना पुरा पनि भैरहेको हुन्छ । यस्तै यी ५ सपनाहरु देखेमा अरुलाई सुनाउनु हुँदैन भन्ने भनाई छ–
१.सपनामा सानो माछा देख्दा
सपनामा माछा देख्नु राम्रो हो । सपनामा सानो माछा खाएको वा पकाएको देखेमा आकस्मित धन लाभ हुन सक्ने बताइएको छ ।
२.हराभरा बगैँचा र रुखमा फल लागेको देखेमा
सपनामा हराभरा बगैँचा र रुखमा फल लागेको देख्दा नसोचेको खुसी प्राप्त हुने बताइन्छ । यो सपना निकै शुभ मानिन्छ ।
३.आफूलाई मृत अवस्थामा देखेमा
मरेको सपना देख्दा नराम्रो हुन्छ भन्छन् । तर वास्तवमा यो सपना राम्रो हो । यस्तो सपना देख्दा आफ्नो समस्याहरु समाधान हुँदै जाने बताइन्छ ।
४.सर्प देखेमा
सपनामा सर्पले घेरेको वा टोकेको देखेमा ठूलो मान सम्मान प्राप्त हुने बताइन्छ । त्यसैले यस्ता सपना अरुलाई भन्नु हुँदैन ।
५.बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देखेमा
सपनामा भगवान देख्नु निकै शुभ मानिन्छ । सपनामा दियो बलिरहेको देखेमा जीवनमा नयाँ नयाँ अवसर प्राप्त हुने बताइन्छ । साथै भगवान देखेमा जीवनमा ठूलो सफलता हासिल हुने पनि बताइएको छ ।