१० साउन २०७६, काठमाडौँ
यतिबेला पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा फ्रान्स भ्रमणमा छिन् । यसैबिच उनले फ्रान्समा रहेको युरोपकै अग्लो हिमालको रुपमा परिचित मन्ट ब्लांकको आरोहण गरेकी छिन् । उनले मंगलबार उक्त हिमाल आरोहण गरेकी हुन् । सो हिमालको उँचाई हिमालको उचाइ ४ हजार ८ सय १० मिटर रहेको छ।
नेपाल र फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको सद्भावना दूतसमेत रहेकी खतिवडाले सो हिमालको सफल आरोण गरेको दूतावासले जनाएको छ । श्रृङखलाका साथमा फिल्म मेकर सिसम बानियाँ र प्रज्वल थापा मगरले पनि ब्लांक हिमाल आरोण गरेको फेन्च राजदूतावासले जनाएको छ।