१० साउन २०७६, काठमाडौँ
काठमाडौँ जिल्ला अदालतले बुधबार छवि र शिल्पालाई पक्राउ गर्न आदेश दिएपछि यतिबेला प्रहरी उनीहरुको खोजीमा रहेको छ । छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पा विरुद्ध बहुविवाहको उजुरी हालेपछि अदालतले छवि र शिल्पालाई समात्ने आदेश दिएको छ ।
यतिबेला शिल्पा भोजपुरी चलचित्रको छायांकनमा व्यस्त छिन् । तर छवि कहाँ छन् कसैलाई थाहा छैन । उनको फोन पनि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । तर केहीदिनमै छवि र शिल्पालाई खोजेर प्रक्राउ गर्ने प्रहरीले बताएको छ ।
छविराजकी पहिली श्रीमती हेमा ओझालाई उनको मुद्दामा सहयोग गरेका वकिल स्वागत नेपालका अनुसार नेपालभरीका सबै प्रहरीले उनीहरुलाई खोजिरहेका छन् ।