विवाह गरेको २ महिना नपुग्दै श्रीमानले बलात्कार गरे भन्दै श्रीमतीले हालिन् मुद्दा, श्रीमान परे पक्राउ



१० साउन २०७६, काठमाडौँ

भोजपुरकी १७ बर्षिया सुनिता थापाले आजभन्दा २ महिना अघिमात्र धरानमा बस्दै आएका २१ बर्षिया युवराज कार्कीसँग प्रेमविवाह गरेकी थिइन् । तर विवाह गरेको २ महिना नपुग्दै सुनिताले आफ्नै श्रीमानले जबरजस्ती बलात्कार गरेको अभियोगमा मुद्दा हालेकी छिन् ।

उनका श्रीमान् यो कुरा स्वीकार्न तयार भने छैनन् । युवराजले सामान्य घरझगडा मात्र भएको तर सुनिताले गाउँका महिलाको कुरा सुनेर आफूलाई आरोप लगाएको बताएका छन् । तर सुनिता भने आफ्नो मुद्दा फिर्ता लिने पक्षमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्