१० साउन २०७६, काठमाडौँ
चर्चित कमेडियन कपिल शर्मा चाडैँ नै बाबु बन्दैछन् । त्यसैले अहिले उनी आफ्नो काममा भन्दापनि श्रीमतीको हेरचाह गर्नमा व्यस्त छन् । यस्तै कपिल आफ्नी गर्भवती श्रीमतीलाई लिएर क्यानडा गएका छन् ।
उनीहरु १० दिनको छुट्टीमा क्यानडा गएका हुन् । कपिल र गिन्नी एकअर्कासँग केही समय बिताउन क्यानडा गएका हुन् । एयरपोर्टमा भेटिदाँ गिन्नीले आफ्नो बेबी बम्प लुकाउन खोजेकी थिइन् । तर उनले लुकाउन भने सकिनन् ।
द कपिल शर्मा शो को अहिलेको सिजन एकदमै राम्ररी चलेको छ । जसले गर्दा उनको मूड पनि राम्रो भएकाले निकै मिहेनत गरेर लागिरहेका छन् । तर अहिले कपिल बाहिर घुम्न लागेकाले शो बन्द गर्नु परेको छ ।