नेपाली चलचित्र क्षेत्रका सबैभन्दा महंगा नायकहरु, हेर्नुहोस, कसको पारिश्रमिक कति ?



१० साउन २०७६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा केही अभिनेताको पारिश्रमिक निकै छ । हुन पनि केही कलाकार यस्ता छन् जसको नाम र स्टारडमले मात्र पनि चलचित्र सुपरहिट भैरहेका हुन्छन् ।

अनमोल केसी, प्रदिप खड्का, पल शाह, विपिन कार्की लगायतका नायक अहिलेका सर्वाधिक व्यस्त र चर्चित अभिनेता हुन् । जसको पारिश्रमिक सुन्दा हामी छक्क पर्नेछौँ ।

अनमोल केसी

पछिल्लो समयका निकै चर्चित र व्यस्त अभिनेता अनमोल केसीलाई निर्माता निर्देशक एउटै चलचित्रमा ५० लाखसम्म दिन तयार भएको खबर बाहिरिएको छ । अनमोल स्वयम पनि यो कुरालाई स्वीकार्छन् ।

प्रदिप खड्का

चकलेटी लुक्सका कारण युवापुस्ताको ढुकढुकी बनेका अभिनेता प्रदिप खड्काको पनि पारिश्रमिक निकै रहेको छ । उनलाई चलचित्र रोज मा २५ लाख लिएको खबर बाहिरिएको  थियो । अहिले भने प्रदिपको रेट पनि ४०–५० लाख पुगेको बताइएको छ ।

पल शाह

नेपाली चलचित्र ‘नाइ नभन्नु ल ४’ बाट डेब्यू गरेका नायक पल शाह पनि अहिलेका महँगा र चर्चित नायक हुन् । उनले ‘हृदय भरी’ चलचित्रका लागि २० लाख पारिश्रमिक लिएका थिए ।पछिल्लो समय उनको विर बिक्रम २ चलचित्र रिलिज भएको थियो । जसले बक्स अफिसमा राम्रै ब्यापार गर्यो । पलले चलचित्रमा डेब्यू गर्नुभन्दा पहिले धेरै म्युजिक भिडियोमा काम गरिसकेका थिए ।

आकाश श्रेष्ठ

आकाश श्रेष्ठको डिमाण्ड पछिल्लो समयमा निकै हाई छ । डिमाण्डसँगै उनको पारिश्रमिक पनि बढेको छ । उनले चलचित्र सम्हालिन्छ कहिले मन मा १८ लाख पारिश्रमिक लिएका छन् ।

पुष्प खड्का

चलचित्र मंगलम बाट पुष्पको चर्चा चुलिएको हो । अहिले नेपाली चलचित्र बजारमा उनको डिमाण्ड पनि चर्को छ । त्यसैले उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । आजभोली पुष्प एउटा चलचित्र गरेबापत २० लाखको माग गर्छन् ।

विपिन कार्की

हरेक चलचित्रको फरक फरक अभिनयको कारण चर्चामा आएका नायक विपिन कार्की पनि महँगा नायक हुन् । नेपाली चलचित्रमा ‘छड्के’ बाट डेब्यू गरेका विपिन ‘पशुपती प्रसाद’ को भष्मे डनको भूमिकाले निकै चर्चामा आएका थिए । उनले पनि एक चलचित्रको लागी १८ लाख पारिश्रमिक लिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्