‘२० लाख पारिश्रमिक लिनको लागि पहिले ५० लाख दर्शक कमाउन सक्नुपर्छ’ : स्वस्तिमा खड्का



१० साउन २०७६, काठमाडौँ

आज राजधानीमा एक कार्यक्रमका आयोजना गर्दै चलचित्र ‘हजार जुनीसम्म’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा स्वस्तिमा खड्का, आर्यन सिग्देल, अखिलेष प्रधान, सञ्तिा लुईटेल, अनुभव रेग्मी लगायतका कलाकार उपस्थित भएका थिए ।

यस्तै कार्यक्रममा नायिका स्वस्तिमा खड्कालाई उनको पारिश्रमिकको विषयमाा पनि सोधिएको थियो । स्वस्तिमा हत्तपत्त आफ्नो पारिश्रमिक खुलाउँदिनन् । अहिले नायिकाहरुले एउटा चलचित्रमा काम गरेबापत २० लाखसम्म पारिश्रमिक लिन थालेका छन् ।

स्वस्तिमालाई तपाईको रेट पनि २० लाख नै हो भनेर प्रश्न गरिएको थियो । यसबारे स्वस्तिमाले कडा जवाफ दिएकी छिन् । स्वस्तिमाले २० लाख पारिश्रमिक लिनको लागि पहिले आफूले ५० लाख दर्शक कमाउन सक्नुपर्छ । अनिमात्र २० लाख लिनु साच्चिकै उचित भएको बताइन् ।

साथै स्वस्तिमाले ५० लाख दर्शक कमाएर २० लाख पारिश्रमिक लिएपछि नाक फुलाउँदा राम्रो हुन्छ समेत भनेकी छिन् । अहिले धेरैले स्वस्तिमाको भनाई पूजा शर्माको लागि भएको अनुमान लगाएका छन् । किनकी पूजाले नै आजभोली एउटा चलचित्र गरेबापत २० लाख लिन थालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्