सेल्फि खिच्ने क्रममा तामाकोसीमा खसेर १९ बर्षिया युवतीको गयो ज्यान



११ साउन २०७६, काठमाडौँ

सर्मिला कर्मचार्य भक्तपुरकी अस्थायी बासिन्दा हुन् । उनी छुट्टीको समयमा घुम्नको लागि रामेछाप गएकी थिइन् । तर रामेछापबाट उनी फर्किन सकिनन् । रामेछाप घुम्न गएको बेला सर्मिला तामाकोसीको नजिक बसेर सेल्फि खिचिरहेकी थिइन् । सेल्फि खिच्ने क्रममा कोसीमा खसेर उनको ज्यान गएको छ ।

मात्र १९ बर्षकी सर्मिलाको शव प्रहरीले मन्थलीको एयरपोर्ट नजिक फेला पारेको थियो । त्यसपछि उनको लासलाई पोष्ट मार्टमका लागि मन्थलीस्थित प्राथमिक अस्पतालमा लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्