कांग्रेस बैठक: अन्तरिम संगठन संरचना र महाधिवेशनबारे छलफल



११ साउन २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विधानअनुसार संगठनको अन्तरिम सङ्गठन संरचना गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल जारी छ ।

बिहीबारदेखिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, एनपी साउद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक आगामी १२ साउनको दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्