‘क्लिन फिड’ सम्बन्धी दफा संसदीय समितिबाट पारित



११ साउन २०७६, काठमाडौं

‘क्लिन फिड’ सम्बन्धी दफा संसदीय समितिबाट पारित भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफलपछि ‘क्लिन फिड’ कार्यान्वयनसम्बन्धी दफा पारित गरेको हो ।

समितिकी सभापति कल्याणीकुमारी खड्काकाले पुराना सेवा प्रदायकले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र र नयाँले ऐन कार्यान्वयनमा आएकै मितिबाट ‘क्लिन फिड’ कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्थासहित उक्त दफा पारित गरिएको बताइन् ।

हाल सेवा प्रदान गरिरहेका केवल सञ्‍चालकले पूर्वाधार तयार गरिनसकेको हुँदा तत्काल लागू गर्दा अव्यावहारिक देखिने उनले बताइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको उक्त विधेयकमाथि समितिमा दफावार छलफल चलिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्