११ साउन २०७६, काठमाडौँ
नयाँ दिल्लीमा बस्दै आएकी डाक्टर प्रिया वेदीले केहीसमय अघिमात्र सुसाइड गरेकी छिन् । उनी सुसाइड गर्ने खालकी महिला होइनन् । तर उनको जीवनमा यस्तो घटना घट्यो जसको कारण उनले बाच्ने आधार नै देखिनन् ।
प्रिया विगत ५ बर्षदेखि डा. कमल वेदीसँग दाम्पत्य जीवन बिताइरहेकी छिन् । तर अचम्मको कुरा त यो छ कि यो पाँच बर्षको अन्तरालमा प्रिया र उनका श्रीमानबिच एकपटक पनि शारिरीक सम्बन्ध भएको छैन । प्रिया आफ्ना पतिसँग शारिरीक सम्पर्क राख्न चाहिन्थन् तर उनका श्रीमान् कहिल्यै आफ्नी श्रीमतीसँग शारिरीक सम्पर्क राख्न सहज महशुस गर्दैनथे । यो कुराले नै प्रियालाई पिरोलिरहेको थियो ।
वास्तवमा प्रियाका श्रीमान समलिङ्गी रहेछन् । उनी आफू जस्ता पुरुषसँग यौनको आनन्द लिइरहेका रहेछन् । यो कुराको जानकारी प्रियालाई थिएन । जब उनले यो कुरा थाहा पाइन् उनले आफ्ना श्रीमान्लाई त्यसबाट बाहिर निकाल्ने कोशिस पनि गरिन् । तर उनका श्रीमानले उल्टो प्रियाको चरित्रमाथि नै औला उठाए ।
जसका कारण आज प्रिया संसार छोड्न बाध्य भइन् । उनले मर्नुअघि एउटा सुसाइड नोट पनि लेखेकी छिन् । जुन सुसाइड नोटले अहिले विश्वभर चर्चा पाएको छ । धेरैले प्रियाको नोट परेर आफ्नो आँखा रसाएको पनि बताएका छन् ।