११ साउन २०७६, काठमाडौँ
आफ्नो सफलतामा बुबाआमाको साथ नहुँदा साच्चै नै निकै पिडा हुन्छ । किनकी हरेक सन्तानको चाहना आफ्नो सफलताले आमाबुबाको ओठमा खुसी ल्याउने रहेको हुन्छ । यस्तै अहिले फिलिपिन्सका एक व्यक्तिले आफूले डिग्री हासिल गरेपछि सम्मान कार्यक्रममा आफ्नी आमाको तस्बिर लिएर जादाँ सबै चकित परे ।
ती व्यक्तिकी आमाको आजभन्दा ३ बर्ष अघि नै स्वर्गवास भैसकेको रहेछ । तर आफ्नो सफलतामा आमालाई सरिक गराउनको लागि ती व्यक्तिले आमाको फोटो लिएर सम्मान कार्यक्रममा गए ।
उक्त व्यक्तिले आफनो डिग्रीको पढाइ सकेपछि आमा संगै उत्ससव मनाउन चाहान्थे । उक्त व्यक्तिको नाम पाउलो जोन एलिन्सोग रहेको छ । उनले आफ्नो डिग्रीको सफलतामा आमा साथमा होस भन्ने चाहाना राखेका हुन्थे । उनि सधै आमालाई माया गर्ने गर्थे तर उनले आमाको निधन भए पनि सधै आमालाई माया गर्ने बताएका छन् ।