रंगशाला बनाउन ७८ बर्षिया आमाले ५० हजार दिएपछि धुर्मुसले ढोगे



११ साउन २०७६, काठमाडौँ

केहीसमय अघि धुर्मुस सुन्तलीले लरंगशाला निर्माणको काम अब नगर्ने भन्ने कुरा बाहिर आएको थियो । तर धुर्मुस सुन्तली अहिले रंगशाला बनाउनमा नै व्यस्त छन् । रंगशाला निर्माणको लागि देश तथा विदेशबाट सहयोगहरु आइरहेका छन् ।

यस्तै एक ७८ बर्षिया हजुरआमाले पनि रंगशाला निर्माणको लागि ५० हजार सहयोग गरेकी छिन् । अहिले यो कुराले निकै चर्चा पाइरहेको छ ।  किनकी ७८ बर्षको आमा पनि रंगशाला निर्माण भएको हेर्न चाहनुहुन्छ ।

७८ बर्षिया हजुरआमाले रंगशाला निर्माणको लागि त्यतिधेरै सहयोग रकम दिएको देखेर धुर्मुस सुन्तली केही भावुक पनि भएका छन् । अझ धुर्मुसले त आमालाई ढोगेका पनि छन् र उनीसँग आर्शीवाद पनि मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्