रेखा थापालाई थियो आमा बन्ने रहर, यसकारण भएन रहर पुरा



११ साउन २०७६, काठमाडौँ

नायिका रेखा थापालाई कुनै  समय आमा बन्ने रहर थियो । तर उनको रहर पुरा हुन सकेन । जब उनी छविकी श्रीमती थिइन् । त्यतिबेला उनले छविसँग बच्चाको योजना बनाएकी थिइन् । तर छविले उनको अगाडी ठूलो सर्त राखिदिएका थिए ।

छविलाई बच्चा पाएपछि रेखाले फिल्म पाउँदिनन् कि भन्ने डर थियो । उनले बच्चा पाएपछि उनको पालनपोषणको सम्पूर्ण खर्च रेखाले नै बेहोर्नु पर्ने बताएका रहेछन् । त्यतिमात्र नभएर छविले बच्चा पाउन पहिले १० लाख जम्मा गर समेत भनेका रहेछन् । त्यहि भएर रेखाले छविलाई डिभोर्स दिएको खुलासा भएको छ । यो कुराको जानकारी राजेन्द्र खड्गीले दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्