आयोजकको लापरवाहीले नेपाललाई दोहोरो पिडा : उपविजेताको पदक खोसियो



१२ साउन २०७६, काठमाडौं

आईसीसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । नेपाललाई जित्नै पर्ने दबाब रहेको खेलमा सिंगापुर विजयी हुँदै ग्लोबल क्वालिफायरमा पुगेको छ ।

प्रतियोगिता सकिएपछि समापन समारोहमा नेपालले अर्काे पिडा पाएको छ ।  सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेताको पदक लगाइदिसकेपछि उपविजेताको पदक खोसियो ।

प्रतियोगितामा नेपाल र कतारको समान ४–४ अंक भएपनि रन रेटका आधारमा कतार अगाडि रहेकोले कतारका पदाधिकारीले विरोध गरेपछि नेपालको उपविजेताको मेडल खोसिएको थियो । त्यसपछि कतारलाई उपविजेता घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्