१२ साउन २०७६, काठमाडौं
आईसीसी टि–२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गतको अन्तिम खेलमा सिंगापुरसँग आफ्नो टिमले राम्रो नखेलेको बताउदै नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले क्रिकेट समर्थकहरुसँग माफी मागेका छन् ।
पारसले समर्थकहरुको चाहना जस्तै आफूहरुको पनि विश्वकप खेल्ने सपना पुरा नभएको र प्रतियोगितामा धेरै मेहनेत गरेको भएपनि सोचे जस्तो नतिजा नआएको बताए ।
हारपछि खेलाडीको, कप्तानको र प्रशिक्षकको आलोचना हुनु स्वभाविक भएको भन्दै उनले आउँदा दिनमा कमी कमजोरीलाई सुधार्ने बताए ।