१४ साउन २०७६, काठमाडौँ
निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई मन नपराउने सायद कोही छैनन् । निश्चल र स्वस्तिमालाई राष्ट्रिय दाजु भाउजु को उपनाम पनि दिइएको छ । धेरैको आइडल कपल समेत रहेका निश्चल र स्वस्तिमा आदर्श जोडीको रुपमा परिचित छन् ।
यस्तै नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको छ । दुईलाई ‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गर्न लागिएको हो ।
यो निश्चल र स्वस्तिमाको लागि मात्र नभएर सम्पूर्ण चलचित्र जगतको लागि नै खुसीको खबर हो । अहिलेसम्म निश्चल र स्वस्तिमाको सम्बन्ध कहिल्यै चिसिएको छैन । उनीहरु एकअर्काको कामको पनि निकै सम्मान गर्ने गर्छन् । त्यसैले पनि निश्चल र स्वस्तिमा आदर्श जोडी बन्न सफल भएका छन् ।