१५ साउन २०७६, काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा दुई खालका कलाकार छन् । कोही आफ्नो लुक्स र स्टारडमका आधारमा चर्चाको शिखरमा छन् भने कोही आफ्नो अभिनय क्षमताका आधारमा । जो आफ्नो लुक्स र स्टारडमका आधारमा चर्चामा छन् उनीहरुलाई हामी स्टार भन्न सक्छौँ र जो आफ्नो अभिनयमा अव्वल छन् ती अभिनेतालाई हामी कलाकार भन्न सक्छौँ ।
नेपाली चलचित्र क्षेत्रका लागि यी दुवै खालका कलाकारको जरुरत छ । किनकी यो क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सबैले निकै मेहेनत गरिरहेका छन् । अनमोल केसी, प्रदिप खड्का, सलिनमान बनियाँ जस्ता कलाकारलाई हामीले स्टारका रुपमा हेर्ने गरेका छौँ । किनकी युवापुस्तामा उनीहरुको क्रेज निकै लोभलाग्दो छ । अभिनयमा मध्यम मानिन्छन् यी अभिनेता । तर हलमा यिनै अभिनेताको चलचित्र हेर्न दर्शकको भिड लाग्ने गर्छ ।
यस्तै खगेन्द्र लामिछाने, विपिन कार्की, दयाहाङ राइ, सौगात मल्ल जस्ता कलाकार आफ्नो अभिनयका कारण चलचित्र क्षेत्रमा परिचित छन् । यी कलाकारको जीवन्त अभिनयले दर्शकको मात्र नभएर समिक्षकको पनि मन खुसी हुने गरेको छ । अहिले यिनै कलाकारले चलचित्र क्षेत्र धानेका छन् भन्दा फरक नर्पला । त्यसैगरी यी कलाकार हाम्रा गहना हुन् । त्यसैले सबै कलाकारलाई उत्तिकै सम्मान दिनु जरुरी हुन्छ ।