आज साउन १५ खीर खाने दिन : हेर्नुहोस् खीर खाँदा हुन्छन् यस्ता फाइदाहरु…



१५ साउन २०७६, काठमाडौँ

असारको १५ दही–चिउरा र साउनको १५ खिर खाने चलन पहिलेदेखि नै चलिआएको हो । त्यसैले हामी असारको १५ दही–चिउरा र साउनको १५ खिर खाने गर्छौ । आज साउनको १५ अर्थात खिर खाने दिन हो । त्यसैले आजको दिन धेरैको घरमा खानाको सट्टा खिर पाक्ने गर्छ ।

खिर खानु एउटा सांस्कृतिक प्रचलन मात्र नभई स्वास्थ्यको लागि निकै फाइदाजनक पनि हो । “वर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ। ’’ चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । “चामलमा कार्बोहाइड्रेट पाइन्छ। खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । ” लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ ।

शुद्ध, स्वास्थ्य बर्द्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुआतसमेत खिर खान ख्वाएर गरिने प्रचलन छ। सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ। त्यसैले पनि खिरलाई विशेष खानेकुराको रुपमा हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्