रक्सी खाने व्यक्तिको लागि बनाइयो ‘जड्याहा कार्ड’ : कार्डबिना रक्सी खाए वा बेचेमा जरिवाना तिर्नुपर्ने



१५ साउन २०७६, काठमाडौँ

रक्सी सेवनले समुदायमा दिनप्रतिदिन नकरात्मक असर देखाउन थालेपछि बाजुराको गाउँपालिकाले नयाँ नियम लागू गरेको छ । रक्सी खाने व्यक्तिको लागि जड्याहा कार्ड बनाइदिएपछि अहिले बाजुराका जाँड खाने मानिसहरु कार्ड भोकेर जाँड खान जान थालेका छन् ।

सुन्दा अचम्म लाग्न सक्छ । तर यो नियमले धेरै सुधार बाजुरामा ल्याएको छ । अहिले लगभग २ सय जनाले जड्याहा कार्ड बनाइसकेका छन् । उक्त कार्ड बिना जाँड खाएको वा बेचेको थाहा पाइएमा कडा कारवाही गरिने समेत गाउँपालिकाले जनाएको छ ।

बिना कार्ड रक्सी खाए वा बेचेमा २ हजार जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ । अहिले रक्सी खाने व्यक्तिले कार्ड सहित भट्टीमा छिर्न थालेका छन् । त्यसमाथि लिमिटमा मात्र रक्सी बेच्न पाइने निमय पनि गाउँपालिकाको लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्