१५ साउन २०७६, काठमाडौं
सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराई पर्यटनमन्त्री बन्ने पक्का भएको छ।
गोप्य श्रोतका अनुसार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको मन्त्रीमण्डल पुनर्गठनको छलफलपछि पर्यटनमन्त्रीको जिम्मेवारी भट्टराईलाई दिने पक्का भएको हो।
श्रोतका अनुसार रिक्त भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयमा योगेश भट्टराईलाई लैजानेबारे अध्यक्षद्वयबीच प्रारम्भिक सहमति भएको छ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फाल्गुन १५ को हेलिकोप्टर दुर्घटनामा परी देहावसान भएपछि सो मन्त्री पद रिक्त थियो।