१६ साउन २०७६, काठमाडौं
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई पूर्व कानूनमन्त्री शेर बहादुर तामाङले बधाई सहित सुझाव दिएका छन् ।
पूर्वमन्त्री तामाङले आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘कुनै बेला यस्तो थियो, ०४८ सालको संसदीय निर्वाचनमा बहुमत ल्याउने उद्देश्य सहित हामी निर्वाचनको अभियानमा थियौं, तर हामी प्रमुख प्रतिपक्षमा चित्त बुझाउनु पर्याे । ०४९ को स्थानीय निर्वाचन त झन् नराम्रोसंग पराजित भयौं । सो समयमा हाम्रो पार्टी एमालेबाट पलायन हुने क्रम बढ्यो । जो पार्टीमा टिकिरहेका थिए उनीहरुमा पनि जागर थिएन । कांग्रेसको ज्यादती तिब्र थियो । एमालेका धेरै नेता कार्यकर्ताहरुलाई अनेक मुद्दा लगाएर दुख दिईरहेको थियो । त्यतिबेलाको सत्ताको दमन र ज्यादती साँच्चै डरलाग्दो थियो । सत्ताको ज्यादती खेप्न नसकेका कार्यकर्ताहरुको एक भेला बागबजारको पार्टी कार्यालयमा भयो । क. मदनले सम्बोधन गर्दै भन्नुभयो गाउँमै गएर जनतालाई संगठित गर्दै प्रतिकार गर्ने बाहेक हामीसँग बिकल्प नभएको भन्दै हामीलाई उत्साहित बनाउनुभयो । त्यही मध्येको उपस्थित कार्यकर्तामा क. योगेश लगायत हामी थियौँ । त्यही उत्साह बोकेर हामी केही युवासंघ बनाउन लाग्यौं । क. योगेशहरु विद्यार्थी संगठन बनाउन लाग्नुभयो । वर्तमान पार्टी अध्यक्ष तथा सम्माननीय प्रम युवासंघको अध्यक्ष हुनुहुन्थ्यो । म भिमसेनथानमा रहेको संगठनको कार्यालय कुर्न कार्यालय सचिवको रुपमा थिए । क. योगेश तहाचल संगठन र पढाईको सिलसिलामा भिमसेनथान भएर ओहरदोहर गर्नुहुन्थ्यो । कार्यालयमा चरो मुसो नाअउने बेलामा प्राय हाम्रो जम्काभेट भईरहन्थ्यो र कहिले कार्यालयमा नै बसेर त कहिले बाटोमा उभिईएर घण्टौं संगठनलाई कसरी पुर्नजीवन दिने भनेर छलफल गथ्र्याै । आज त्यही पृष्ठभूमिबाट माथी उठेर निरन्तर जनताको सेवामा समर्पित भएर काम गर्दै जाँदा मैले पहिले नै कानूनमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए र तपाईं मेरो राजीनामाको बेला साक्षी हुनुभयो । त्यतिबेला तपाईको सच्चा हृदयले बोलिरहेको बिषय मेरो मनमा सँधै ताजा रहनेछ । समयक्रममा तपाईले चुनौतीसँगै अवसर प्राप्त गर्नुभएको छ । नेकपाको वर्तमान सरकार प्रती बढिरहेको आलोचनात्मक टिकाटिप्पणीलाई कम गर्न तपाईको प्रवेशले केही सकारात्मक हुने अपेक्षा गर्दछु । तपाईलाई ३ बिषयमा सफलता मिल्न सकोस र हामी सहयोगको लागि तयार छौं ।
१. नेपाला भ्रमण वर्ष २०२० सफल बनाउने ।
२. डुबेको नेपाल वायुसेवा निगमलाई बचाउने ।
३. पर्यटनको माध्यमबाट राष्ट्र र जनताको समृद्धि गर्ने ।