विप्लव बन्दमा स्कुल नलागेपछि खेल्न गएका दाजुबहिनीको पानीमा डुबेर ज्यान गयो



१६ साउन २०७६, काठमाडौँ

विप्लव समुहको बन्दका कारण विद्यालय नखुलेपछि दुई दाजु बहिनी खेल्नको लागि बाहिर निस्केका थिए । तर उनीहरु घर फर्किएर आएनन् । खेल्ने क्रममा इट्टा उद्योगमा जमेको पानीमा डुबेर रौतहटमा बस्दै आएका दाजु बहिनीको ज्यान गएको छ ।

११ बर्षिया अनिश शाह र ८ बर्षिया कल्पना शाहले सानो उमेरमा नै संसार छोडेका छन् । अहिले अनिश र कल्पनाका बाबुआमा निकै शोकमा डुबेका छन् । घटनाबारे स्थानीयले पनि दाजुबहिनी खेल्दै गर्दा पानीमा डुबेर उनीहरुको ज्यान गएको बताएका छन् । यसबारे प्रहरीले थप अनुसन्धान पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्