१६ साउन २०७६, काठमाडौँ
भक्तपुरमा एउटा नरमाइलो घटना घटेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा बसोवास गर्ने १२ बर्षिया बालक राजु खतिवडाले आत्महत्या गरेका छन् । कलिलो उमेरमा ती बालकलाई यस्तो सोच कहाँ बाट आयो होला भन्ने प्रश्न सबैको मनमा यतिबेला खेलिरहेको छ ।
राजुले टाईको पासो लगाएर झुण्डिएको कुरा बुझ्नमा आएको छ । साझँ राजुका पिता आएर उनलाई जसोतसो अस्पताल त लिएर गए । तर विडम्बना उनले आफ्नो छोरालाई बचाउन भने सकेनन् । राजुले आखिर के कारणले चाहिँ यति ठूलो कदम उठाए त ? यो अहिलेसम्म खुलेको छैन । अहिले प्रहरी यहि कुराको खोजीमा लागिरहेको छ ।