यी महिलाको २०० जनासँग प्रेम : तर भनेजस्तो केटा नपाएपछि अन्त्यमा कुकुरसँग गरिन् विवाह



१७ साउन २०७६, काठमाडौँ

एउटा अचम्मको खबरले अहिले विश्व नै चकित परेको छ । बेलायतमा बस्दै आएकी एलिजाबेथले कुकरसँग विवाह गरेकी छिन् । यो कुरा सुन्दा निकै अचम्म लाग्न सक्छ । निकै नाम चलेकी मोडल एलिजाबेथले कुकुरसँग विवाह गरेकी हुन् ।

अझ यसमा रमाइलो कुरा त के छ भने उनी कुकुरसँग चाडैँ नै हनिमुनमा समेत जादैँछिन् । हनिमुनका लागि उनले होटल पनि बुक गरिसकेकी छिन् । ४९ बर्षिया एलिजाबेथले २०० जनासँग डेट गरिसकेकी छिन् । उनले आफ्नो लागि योग्य केटा नै नभेटेर कुकुरसँग विवाह गरेको बताएकी छिन् ।

उनले अब आफूलाई कोही पुरुषको जरुरत नभएको बताएकी छिन् । साथै अब आफ्नो पुरा जीवन कुकुरसँग नै  बिताउने निर्णय पनि उनले लिइसकेकी छिन् । उनका २५ बर्षिया छोरा पनि छन् । उनले २ पटकसम्म विवाह गर्ने कोशिस गरेकी थिइन् । तर उनको विवाह हुन सकेन र उनले अन्त्यमा आफ्नो जीवनसाथी कुकुरलाई नै बनाइन् ।

प्रतिक्रिया दिनुहोस्