खुसी दाम्पत्य जीवन बनाउनको लागि बिहे अघि हुनेवाला जीवनसाथीसँग सोध्नुहोस् यी प्रश्नहरु



१८ साउन २०७६, काठमाडौँ

विवाह भनेको एक पवित्र बन्धन हो । विवाहले दुई मन मिल्ने साथीलाई जीवनभरको लागि एकसाथ बाधिदिन्छ । तर विवाह गर्नुअघि हामीले कम्तिमा आफ्नो जीवनसाथीबारे भने सबै कुरा बुझ्नु आवश्यक हुन्छ । जो सँग पुरा जीवन बिताउनु छ, उसको बारेमा विवाह अघि नै सबै कुरा थाहा भएमा भविष्यमा केही समस्या आइपरे पनि त्यसलाई सामना गर्न सकिन्छ । साथै अगाडी नै सबै कुरा थाहा भएमा पछि गएर मनमुटाव पनि त्यति हुन पाउँदैन ।

हामीले विवाहअघि आफ्नो जीवनसाथीलाई फाइन्सियल कुरा पनि खुलेर सोध्न सक्नुपर्छ । तर कुरा तपाईको भविष्यसँग जोडिएको हुन्छ । पैसाको विषयमा सानो मुनमुटावले तपाईको सम्बन्धमा ठूलो पर्खाड खडा गर्न सक्छ । यसकारण पैसासँग सम्बन्धित यी पाँच प्रश्न विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथीसाथीसँग सोध्नुहोस् स्

तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?

आफ्नो हुनेवाला जीवनसाथीको घरमा पैसा कत्तिको बचत हुन्छ । केके कुरामा कसरी खर्च हुन्छ ? भन्ने बारे हामीले विवाह अघि नै थाहा पाएमा विवाहपछि घर सम्हाल्न सजिलो हुन्छ ।

कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?

पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ । हुनसक्छ अभिभावकले आफ्नो रिटायर्डमेन्टको पैसा खर्च गर्नुभएको छ । यसको अलवा भविष्यमा तपाई जागिर छोडेर कुनै आफूलैी इच्छाएको काम वा पेशा अपनाउन चाहानुहुन्छ भने यस बारेमा पनि विवाह अगाडि नै चर्चा गर्नु अति आवश्यक छ ।

खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?

आफ्नो जीवनसाथीले के कुरामा खर्च गर्ने गरेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । त्यसैले खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् ।

पैसासँग सम्बन्धित भविष्यको योजना के छ रु

घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् । बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् । गाडी किन्ने वा सन्तानको शिक्षा–दिक्षाको लागि पैसा बचत गर्नु कनुचाहिँ उसको प्राथमिकतामा पर्छ त्यो पनि जान्ने कोशिस गर्नुहोस् । लगानीको योजनाको बारेमा पनि सोध्न नभुल्नुहोस् ।

बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?

हामीले आफ्नो हुनेवाला जीवनसाथीलाई आफ्नो विवाहमा कति खर्च गर्ने योजना छ भनेर पनि सुरुमा नै सोध्दा राम्रो हुन्छ । यसले एकअर्काको भाव बुझ्न सकिन्छ । यदि हामीले विवाह अघि नै आफ्नो हुनेवाला जीवनसाथीलाई यी कुराहरु सोध्यौ भने यसले एउटा राम्रो सम्बन्धको सुरुवात गराउँछ ।

प्रतिक्रिया दिनुहोस्