हेर्नुहोस्, कुन महिनामा जन्मिएका युवतीको स्वभाव कस्तो ?



१८ साउन २०७६, काठमाडौँ

जन्म महिना अनुसार पनि युवतीको गुणहरु थाहा पाउन सकिने कुराको पुष्टि भएको छ । हेर्नुहोस् कुन महिनामा जन्मिने युवतीको स्वभाव कस्तो हुन्छ भनेर–

जनवरी– जनवरी महिनामा जन्मने युवतीहरुको स्वभाव अलि गम्भिर खालको हुन्छ । उनीहरु अलि रुढीवादी पनि हुन्छन् । यस महिनामा जन्मने युवतीहरु आफ्नो मनको कुरा कसैसँग खाल्दैनन् ।

फेब्रुअरी– यो महिनामा जन्मने केटीहरुलाई हर कोहीले बुझ्न सक्दैन । किनकी उनीहरुको मुड छिटो छिटो परिवर्तन हुन्छ । यस महिनामा जन्मने युवतीलाई छल गरेमा फेरि उनीहरुलाई आफ्नो जीन्दगीमा फिर्ता पाइदैन ।

मार्च– यस महिनामा जन्मने युवतीहरु निकै नै राम्रा हुन्छन् । उनीहरु आफ्नो कामप्रति पनि धेरै नै संवेदनशील हुन्छन् । यिनीहरुलाई कसैको प्रेममा पर्न निकै मुश्किल हुन्छ ।

अप्रिल– अप्रिलमा जन्मेका युवतीहरु अरुसँग छिट्टै घुममिल हुन सक्छन् । उनीहरु छिटो रिसाउने भएकाले रिसाएको बेलामा उनीहरुको नजिक बस्दा रिसको झोकमा पर्न सकिन्छ । तर कसैको मन उनीहरुले जितेमा भने जीवनभर साथ पाउनेछन् ।

मे– यस महिनामा जन्मिएका युवतीहरु धेरै विश्वसनीय हुन्छन् । उनीहरु आफ्नो काम आफै गर्न रुचाउँछन् ।

जून– जून महिनामा जन्मने युवतीहरु कलात्मक र मिलनसार हुन्छन् । उनीहरुको विशेष गुण भनेको कसैले पछाडी कुरा काटेको पिटिक्कै मन पराउँदैनन् । चित्त नबुझेको कुरा मुखै अगाडी भन्न सक्ने क्षमता यस महिनामा जन्मने युवतीमा रहेको हुन्छ ।

जुलाई– यस महिनामा जन्मने युवतीहरु अत्यन्तै राम्री, सुशिल र हरेक काममा पोख्त हुन्छन् । मिठो बोली बोल्ने यस महिनामा जन्मेका युवतीको विषेश गुण हो । उनीहरु कसैसँग झगडा गर्न रुचाउँदैनन् ।

अगस्ट– यस महिनामा जन्मेका युवतीहरु राम्रो र सफा मन भएका हुन्छन् । कसैले उनीहरुसँग भिड्न खोज्दा ढिलो होस वा चाडोँ तर जित उनीहरुको भएरै छाड्छ ।

सेप्टेम्बर– सेप्टेम्बरमा जन्मने युवतीहरु दयालु र मनकारी हुन्छन् । आफूलाई राम्रो गर्ने मान्छेको साथ यी युवतीले जिन्दगीभर छोड्दैनन् । तर यदि कसैले उनीहरुको मन दुखाउने कोशिस गर्यो भने बदला लिन खोज्छन् ।

अक्टोबर– यस महिनामा जन्मने युवतीको मन निकै बलियो हुन्छ । उनीहरु सानो सानो कुरामा भावुक त हुन्छन् तर आफ्नो आँशु कसैलाई पनि देखाउन चाहदैनन् । त्यसबाहेक यस महिनामा जन्मने युवतीहरु आफ्नो कुरा अरुलाई भन्न त्यति खोज्दैनन् ।

नोभेम्बर–  नोभेम्बरमा जन्मेका युवतीहरु निकै चलाख हुन्छन् । कसैले झुट बोलिरहेको छ भने उनीहरु थाहा पाइहाल्छन् । उनीहरु सत्य बोल्न कहिल्यै पनि डराउँदैनन् ।

डिसेम्बर– डिसेम्बर महिनामा जन्मेका युवतीहरु अलि उत्ताउला स्वभावका तर निकै नै भाग्यमानी हुन्छन् । उनीहरुको दिमाग खुल्ला भएकाले हरेक परिस्थितिबाट बाहिर निस्कने बाटो सजिलै खोज्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्