१८ साउन २०७६, काठमाडौँ
हरेक सन्तानको संसारमा सबैभन्दा राम्रो सम्बन्ध उसको आमासँग हुन्छ । सन्तानबिना आमा र आमाबिनाको सन्तानको जीवन साच्चै नै अधुरो हुन्छ । हामीलाई संसार देखाउने नै आमा नै हुन् । तर संसारमा सबै आमा असल पनि नहुँदा रहेछन् ।
बेलायतमा एउटी आमाले आफ्नै २ सन्तानको हत्या गरेकी छिन् । यौनमा बाधा आउन थालेपछि आमाले आफ्नी ३ बर्ष र १७ महिनाकी छोरीको हत्या गरेकी हुन् । सुरुमा उनले आफूले सन्तानको हत्या नगरेको बताएकी थिइन् । तर उनले झुट बोलेको अदालतले दाबी गरेको छ । साथै उनलाई अदातले जन्मकैदको सजाय पनि सुनाइसकेको छ ।