कार्यक्रमका लागि जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फर्काइयो



१९ साउन २०७६, काठमाडौँ

उमेश राई (फुलेन्देको आमा) अहिलेका चर्चित हास्यँकलाकार हुन् । उनको व्यस्तता दिनप्रतिदिन बढ्दो छ । उनी केहीदिन अघिमात्र गायिका सबिना गुरुङसँग कार्यक्रमको लागि जापान पुगेका थिए । तर जापान विमानस्थलबाट नै उनीहरुलाई फर्काइएको छ ।

तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा ९भिसा० दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ । यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्