यूएईका विदेशमन्त्री नायन र त्यहाँका लागि नेपाली राजदूत ढकालबीच भेट



१९ साउन २०७६, काठमाडौं

यूनाइटेड अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईका विदेश मन्त्री शेख अब्दुल्लाह विन जाइद अल नायनसँग शिष्टाचार भेटवार्ता गरेको छन्।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा यूएईका विदेश मन्त्रीले राजदूत ढकाललाई कार्यकाल सफलताका लागि शुभकामनासमेत दिएका छन्।

पछिल्ला दिनमा दुई देशबीचको सहयोग विस्तार भएकोमा उनले खुसी व्यक्त व्यक्त गरेका थिए। नेपालसँग सम्बन्ध थप मजबुत बनाउन यूएईको पूर्ण साथ रहने उनले विश्वास व्यक्त गरे।

आपसी हितका वाणिज्य, लगानी, पर्यटन, हवाई सेवालगायत विषयमा छलफल भएको यूएईस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भेटमा यूएईका विदेश मन्त्रीले यूएईमा कार्यरत नेपाली कामदारको कडा परिश्रम गर्ने र इमान्दार रहेको भन्दै प्रसंशा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्