१९ साउन २०७६, काठमाडौँ
बलिउड स्टार सञ्जय दत्तकी छोरी त्रिशलाले केहीसमय अघि आफ्ना इटालियन प्रेमी गुमाएकी थिइन् । त्रिशला आफ्ना प्रेमीलाई निकै नै माया गर्थिन् । अचानक प्रेमीको निधन भएपछि उनलाई अहिले पनि आफूलाई सम्हालन गाह्रो भैरहेको छ । हुन त आफूले निकै माया गरेको मान्छेलाई भुल्न सजिलो पनि हुँदैन ।
त्रिशलाले आफ्नो प्रेमीको निधन भएपछि उनलाई समर्पित गर्दै एक भावुक स्टाटस लेखेकी थिइन् । जसले धेरैको आँखा रसाएको थियो । अहिले फेरि आफ्नो प्रेमीलाई सम्झदैँ उनले भावुक स्टाटस लेखेकी छिन् । उनले आफ्नो प्रेमीलाई बिर्सन सकेकी छैनन् । त्रिशलाले आफ्नो प्रेमीको लागि लेखेको स्टाटसले धेरैको मन रुवाएको छ ।