१९ साउन २०७६, काठमाडौँ
आजभोली नेपाली चलचित्र क्षेत्रका चल्तीका अभिनेत्री फिल्मका साथ अन्य व्यवसायमा पनि सक्रिय हुन थालेका छन् । विशेष केही अभिनेत्रीहरुले रेष्टुरेन्ट पेसा अगांलेका छन् । जसका कारण चलचित्रमा पनि र होलटमा पनि नायिकाहरुलाई फाइदा पुग्छ ।
नम्रता श्रेष्ठ
सुन्दरता र अभिनयका कारण सदा चर्चामा रहने नायिका नम्रता श्रेष्ठ कलाकारका साथ होटल व्यवसायी पनि हुन् । उनले काठमाडौँमा एपिक रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेकी छिन् । उनले चलचित्रबाट भन्दापनि रेष्टुरेन्टबाट धेरै पैसा कमाउने गरेकी छिन् ।
ऋचा शर्मा
ऋचा शर्मा आजभोली चलचित्रमा भन्दापनि आफ्नो होटल व्यवसायमा नै बढी व्यस्त छिन् । उनले पाङग्रा एक्सप्रेस नामक रेष्टुरेन्ट चलाएकी छिन् । उनको पनि रेष्टुरेन्टबाट राम्रो कमाई हुन्छ ।
बर्षा राउत
पछिल्लो समयमा निकै रुचाइएकी अभिनेत्री बर्षा राउत पनि अभिनयका साथ साथ रेष्टुरेन्ट पनि चलाउँछिन् । उनले आफ्ना श्रीमान सन्जोग कोइरालासँग मिलेर रेष्टुरेन्ट र कफि सप सञ्चालन गर्दै आएकी छिन् ।
स्वेता खड्का
अभिनयका साथ साथ सामाजिक काममा समेत सक्रिय रहेकी अभिनेत्री स्वेता खड्काले पनि पछिल्लो समयमा रेष्टुरेन्ट सञ्चालन गर्न थालेकी छिन् । उनले हिमाल जावा कफि सप सञ्चालन गर्दै आएकी छिन् ।