१९ साउन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नब्यहोर्ने भएको छ।
उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नब्येहोर्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइतबारको पत्रकार सम्मेलनमा जानकारी गराए।
मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैले व्यवस्थापन गर्नेछन्।