मधेशी आयोगले सार्वजनिक गर्यो आव २०७५/०७६ का महत्वपूर्ण कामहरु



२० साउन २०७६, काठमाडौं

मधेशी आयोगले अहिले सम्म गरेको कामहरुको समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार ललितपुर ज्वागलस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आव २०७५/०७६ मा आयोगले गरेको महत्वपूर्ण कामहरुबारे जानकारी दिईएको हो ।

आयोगले आव २०७५/०७६ मा ५ करोड ९ लाख रुपैया बजेट विनियोजित गरेको थियो । जसबाट आयोगले प्रदेश नं २ को ८ वटै जिल्लामा अनुशिक्षण गोष्ठी देखि उजुरी संकलनको लागि टोल फ्रि नं संचालन सम्मका १३ वटा महत्वपूर्ण काम गरेको पे्रस विज्ञप्ति मार्फत जानकारी दिईएको छ ।

 

मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले आगामी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक शिर्षकगत अवण्डा बजेट बाडफाड विवरण समेत प्रश्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्