४ महिने छोरासँग रमाउँदै आर्यन र सपना



२१ साउन २०७६, काठमाडौँ

अभिनेता आर्यन सिग्देल अहिले आफ्नो धेरै समय आफ्ना छोरा र श्रीमतीसँग बिताउने गरेका छन् । अहिले आर्यनका छोरा ४ महिनाका भएका छन् । आफ्ना साना छोरासँग समय बिताउन पाउँदा आर्यनलाई संसारभरिको खुसी मिल्ने गरेको छ ।

आर्यनकी श्रीमती सपनाले भर्खरै मात्र सामाजिक सञ्जालमा पति आर्यन र छोरा आयांशसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । जहाँ आर्यन र सपना आफ्नो छोरासँग निकै रमाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्