२१ साउन २०७६, काठमाडौँ
टर्कीमा ८ बर्षिया दिदिले आफ्नो ५ बर्षको भाईको ज्यान बचाएकी छिन् । एक भवनमा खेल्ने क्रममा ५ बर्षिया बालक लिफ्टभित्र पसे । उनले डोरी पनि लिएर गएका थिए । उक्त डोरीको आधा भाग लिफ्ट बाहिर नै अड्कियो ।
उक्त डोरी बालकको घाटीमा फस्छ । त्यसपछि उनकी दिदीपनि लिफ्टभित्र पस्छिन् । डोरीको आधा भाग बाहिर र आधा भाग बालकको घाटीमा भएकाले माथिल्लो तलामा जानको लागि लिफ्टको बटन थिच्दाँ बालकको घाँटीमा भएको डोरी कसिदैँ जान्छ । त्यहि बेलामा उनकी ८ बर्षिया दिदिले आफ्नो खुट्टाको मदतले उक्त डोरी भाईको घाँटीबाट बाहिर निकाल्छिन् र आफ्नो भाइको ज्यान बचाउँछिन् ।