२१ साउन २०७६, काठमाडौँ
संसारमा आमाबुबा भन्दा ठूलो अरु कोही हुनै सक्दैन । हामीलाई आमाबुबाले नै यो संसारमा ल्याउनुहुन्छ र ठूलो मान्छे बनाउनु हुन्छ । तर समयसँगै मानिस पनि परिवर्तन भएका छन् । सबै मान्छेले आमाबुबालाई आफ्नो सबथोक मान्दैनन् । कतिको लागि आमाबुबा भन्दा ठूलो सम्पत्ति हुन्छ ।
यस्तै एउटा नरमाइलो घटना छ । आमाले निकै मेहेनत गरेर छोरालाइ पढ्नको लागि अमेरिका पठाउँछिन् । २ बर्ष पछि छोरो आमालाई पनि अमेरिका लाने भन्दै नेपाल आउँछ । छोरासँग बस्न पाउने भएपछि आमापनि खुसीले मख्ख भएकी हुन्छिन् । तर सारा सम्पति बेचेर छोराले आमाले एयरपोर्टमा एक्लै छोडेर अमेरिका उठ्छ । जुन कुरा आमाले सहन सक्दिनन् । सम्पतिका लागि आफ्नी आमालाइ नै त्याग्ने मानिसहरु पनि हाम्रो समाजमा छन् ।
यो एउटा मार्मिक गीत हो । जहाँ यी कुराहरु देखिएको छ । यो गीतलाई दर्शकले निकै रुचाएक पनि छन्