२२ साउन २०७६, काठमाडौँ
वरुण धवन बलिउडका सर्वाधिक लोकप्रिय कलाकार हुन् । उनका अधिकांश चलचित्रलाई दर्शकले निकै रुचाएका छन् । उनको डिमाण्ड चलचित्रमा बढ्दो छ । डिमाण्डसँगै वरुणले आफ्नो पारिश्रमिक पनि बढाएका छन् ।
वरुणले अब एउटा चलचित्र मार्फत ३३ करोड लिन थालेका छन् । रेमो डिसुजाले निर्माण गरेको नयाँ चलचित्रमा पनि उनले ३३ करोड लिएका हुन् । उनको स्टारडमलाई हेरेर नै निर्माण टिमले उनलाई त्यति धेरै पारिश्रमिक दिन तयार भएको हो ।