२२ साउन २०७६, काठमाडौँ
नम्रता श्रेष्ठ अहिलेकी सर्वाधिक चर्चित र डिमाण्डेड नायिका हुन् । उनी यतिबेला भने चलचित्र जाइरा को प्रमोशनमा व्यस्त छिन् । यस्तै यसैबिच नम्रताले आफ्नो नराम्रो क्षणबारे पनि बताएकी छिन् ।
खासमा नम्रताले यो कुरा आफ्नो जन्मदिनमा भनेकी थिइन् । जन्मदिन भनेपछि सबैलाई विशेष नै लाग्छ । तर नम्रताको धेरै बर्ष पहिलेको जन्मदिन भने निकै नरमाइलोसँग बितेको थियो । जुन जन्मदिनलाई उनी सम्झन पनि चाहन्नन् ।
नम्रता कलेज पढ्दा उनको जन्मदिनको दिन नै उनको भाईको निधन भएको थियो । उनको कजन भाई हस्पिटलमा भर्ना भएको धेरै दिन भैसकेको थियो तर उनले नम्रताको जन्मदिनको दिन नै संसार छोडेका थिए । यो कुरा सम्झदाँ नम्रता अहिले पनि आफ्नो मन रुने बताउँछिन् ।